नेभिगेशन
समाज

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ। यसको प्रभावले देशका विभिन्न प्रदेशमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ।

Extreme Energy

मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मौसम विश्लेषण

विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसैबीच, बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावसमेत नेपालमा पर्ने पूर्वानुमान गरिएको छ।

मौसममा हुने परिवर्तनका कारण वर्षा र हिमपातको सम्भावना रहेकाले यात्रा तथा हिमाली क्षेत्रमा गतिविधि गर्नेहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर सावधानी अपनाउनुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...