नेभिगेशन
समाज

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलका अनुसार नेपालमा बादल प्रवेश गरिसकेको छ। बिहीबार (कात्तिक १२) दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार (कात्तिक १३) भारी वर्षाको सम्भावना बढी रहने देखिएको छ। बिहीबार रातिदेखि शनिबार (कात्तिक १४) बिहानसम्म विशेष सतर्कता अपनाउनुपर्ने उनको विश्लेषण छ।

Extreme Energy

आजको पूर्वानुमानमा अघिल्लो दिनको तुलनामा जोखिममा रहेका जिल्लाको संख्या कम देखिए पनि मौसम प्रणालीले ठूलो क्षेत्र ओगटेको पोखरेलले उल्लेख गरेका छन्। माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग यो प्रणालीको अन्तरक्रिया भएमा थप स्थानमा भारी वर्षा हुन सक्ने उनको भनाइ छ।

यसअघि जल तथा मौसम विज्ञान विभागले पनि चक्रवात अर्नबको प्रभावका कारण कात्तिक १२ देखि नेपालमा मौसम प्रभावित हुने र शुक्रबार तथा शनिबार विभिन्न प्रदेशमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको थियो। विभागले बाढी, पहिरो र हिमपहिरोको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

वर्षाको स्थान, समय र मात्रामा परिवर्तन हुन सक्ने भएकाले मौसमसम्बन्धी नियमित अद्यावधिक र विभागका आधिकारिक सूचना हेर्न पोखरेलले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...