नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

ओमानविरुद्धको खेलमा नेपालले लियाे आठौँ विकेट

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौँ विकेट लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका तर्फबाट १७.३ ओभरमा करण केसीको बलमा मोहम्मद नसिम आउट हुँदा नेपालले आठौँ विकेट हात पारेको हो । 

Ncell
Extreme Energy

यसअघि १४.४ ओभरमा अविनाश बोहोराको बलमा जिसन मक्सुद आउट हुँदा नेपालले सातौँ विकेट हात पारेको थियाे भने सन्दीप लामिछानेकाे निरन्तर १३.२ ओभरमा मेहरान खान र १३.१ ओभरमा आयान खान आउट हुँदा नेपालले छैटाैँ विकेट लिएकाे थियाे ।

त्यस्तै नेपालका तर्फबाट ५.४ ओभरमा सोमपाल कामीको बलमा ओमानका शायव खान आउट हुँदा नेपालले चौथो विकेट हात पारेको थियो भने ४.६ ओभरमा गुल्सन झाको बलमा प्रतिक श्रीकान्त अथावले आउट हुँदा तेस्रो, सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट हुँदा दोस्रो र अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौँ बलमा ओमानका कश्यव कुमार प्रजापति आउट हुँदा नेपालले पहिलो विकेट लिएको थियो । 

एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ओमानले अहिले ब्याटिङ गरिरहेको छ । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

 नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेट रन रेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...