नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी–२० विश्वकप एसिया छनोट : ओमानले नेपाललाई दियो १४६ रनको टार्गेट

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानले नेपाललाई  १४६ रनको टार्गेट दिएको छ । 

बिहिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै  १४५ रन बनाएको हाे । 

Dish Home
Global Ime Bank

नेपालका तर्फबाट १९.३ ओभरमा करण केसीले कलीमुल्लाहलाई आउट गराउँदै नवौँ विकेट बनाएका थिए भने १७.३ ओभरमा करण केसीको बलमा मोहम्मद नसिम आउट हुँदा नेपालले आठौँ विकेट हात पारेको थियो । 

त्यस्तै १४.४ ओभरमा अविनाश बोहोराको बलमा जिसन मक्सुद आउट हुँदा नेपालले सातौँ विकेट हात पारेको थियाे भने सन्दीप लामिछानेकाे निरन्तर १३.२ ओभरमा मेहरान खान र १३.१ ओभरमा आयान खान आउट हुँदा नेपालले छैटाैँ विकेट लिएकाे थियाे ।

त्यस्तै नेपालका तर्फबाट ५.४ ओभरमा सोमपाल कामीको बलमा ओमानका शायव खान आउट हुँदा नेपालले चौथो विकेट हात पारेको थियो भने ४.६ ओभरमा गुल्सन झाको बलमा प्रतिक श्रीकान्त अथावले आउट हुँदा तेस्रो, सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट हुँदा दोस्रो र अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौँ बलमा ओमानका कश्यव कुमार प्रजापति आउट हुँदा नेपालले पहिलो विकेट लिएको थियो । 

एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले ओमानविरुद्धको खेलमा पहिलाे इनिङ्गस् फिल्डिङ गरेकाे थियाे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ओमानले ब्याटिङ गरेकाे थियाे । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

 नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो भने ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेट रन रेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...
नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।