नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी-२० विश्वकप एसिया छनोट :नेपालले युएईविरुद्ध लियाे पहिलो विकेट

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा ३.१ ओभरमा सोमपाल कामीको बलमा खालिफ शाह आउट हुँदा नेपालले पहिलो विकेट हात पारेको हो । 

Ncell
Extreme Energy

११ बजेदेखि सुरु भएको खेलमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरेको हो । 

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

अपराजित खेल खेलेको युएई आजको खेलमा पनि जित हात पार्ने दाउमा छ भने नेपालका लागि यो खेल झनै महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। 

त्यस्तै आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । टिममा सन्दिप जोराको स्थानमा दिपेन्द्र सिंह ऐरी खेल्दैछन् । 

दिपेन्द्र पहिलो खेलमा घाइते भएका थिए । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...