नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी-२० विश्वकप एसिया छनोट :नेपालले युएईविरुद्ध लियाे पहिलो विकेट

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा ३.१ ओभरमा सोमपाल कामीको बलमा खालिफ शाह आउट हुँदा नेपालले पहिलो विकेट हात पारेको हो । 

Ncell
Extreme Energy

११ बजेदेखि सुरु भएको खेलमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरेको हो । 

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

अपराजित खेल खेलेको युएई आजको खेलमा पनि जित हात पार्ने दाउमा छ भने नेपालका लागि यो खेल झनै महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। 

त्यस्तै आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । टिममा सन्दिप जोराको स्थानमा दिपेन्द्र सिंह ऐरी खेल्दैछन् । 

दिपेन्द्र पहिलो खेलमा घाइते भएका थिए । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २०...
एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।