नेभिगेशन
सबै कुरा
आईसीसी टी–२० विश्वकप एसिया छनोट

युएईविरुद्ध नेपालाई पाँचौ सफलता, कप्तान रोहित पौडलको बलमा कुशल भुर्तेलले गरे क्याच आउट

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको पाँचौ विकेट लिएको छ । नेपालका कप्तान रोहित पौडलेको बलमा युएईका अली नासिर आउट भएका हुन् । नासिरलाई कुशल भुर्तेलले कयाच आउट गरेका हुन् । नासिर ४ रन बनाउँदै आउट भए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कुशल मल्लको बलमा अलिसान सराफु आउट भएका थिए । उनी १३.४ ओभरमा १६ बनाउँदै आउट भए । सराफु मल्लको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन् । 

Ncell
Extreme Energy

खेलको ९.६ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । लामिछानेले आसिफ खानलाई आउट गरेका थिए । खान १३ बल खेल्दै १३ रन बनाएर आउट भएका हुन् । 

त्यस्तै सोमपाल कामिले एकै ओभरमा दुई विकेट लिएका थिए । सोमपालको बलमा युएईका ओपनर खालिद साह र कप्तान मोहम्मद वासिम आउट भएका हुन् । खालिदलाई ३.१ ओभरमा सोमपाल आफैँले रनआउट गरेका थिए भने वासिमलाई सोमपालकै बलमा ३.४ ओभरमा करण केसीले क्याच आउट गराएका थिए । 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन्  २०२४ मा हुने आइसिसी टि–२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि – २० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २०...
एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...