नेभिगेशन
सबै कुरा
आईसीसी टी–२० विश्वकप एसिया छनोट

युएईविरुद्ध नेपालाई पाँचौ सफलता, कप्तान रोहित पौडलको बलमा कुशल भुर्तेलले गरे क्याच आउट

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको पाँचौ विकेट लिएको छ । नेपालका कप्तान रोहित पौडलेको बलमा युएईका अली नासिर आउट भएका हुन् । नासिरलाई कुशल भुर्तेलले कयाच आउट गरेका हुन् । नासिर ४ रन बनाउँदै आउट भए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कुशल मल्लको बलमा अलिसान सराफु आउट भएका थिए । उनी १३.४ ओभरमा १६ बनाउँदै आउट भए । सराफु मल्लको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन् । 

Extreme Energy
citizen life

खेलको ९.६ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । लामिछानेले आसिफ खानलाई आउट गरेका थिए । खान १३ बल खेल्दै १३ रन बनाएर आउट भएका हुन् । 

त्यस्तै सोमपाल कामिले एकै ओभरमा दुई विकेट लिएका थिए । सोमपालको बलमा युएईका ओपनर खालिद साह र कप्तान मोहम्मद वासिम आउट भएका हुन् । खालिदलाई ३.१ ओभरमा सोमपाल आफैँले रनआउट गरेका थिए भने वासिमलाई सोमपालकै बलमा ३.४ ओभरमा करण केसीले क्याच आउट गराएका थिए । 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन्  २०२४ मा हुने आइसिसी टि–२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि – २० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म...