नेभिगेशन
सबै कुरा

युएईविरुद्ध नेपाललाई छैटौँ सफलता, सन्दीप लामिछानेले लिए अर्को विकेट

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको छैटौँ विकेट लिएको छ । खेलको १७.१ ओभरमा सन्दीप लामिछानेको बलमा गुल्सन झाले बसिल हमिदलाई क्याच आउट गरेका हुन् ।

यसअघि नेपालका कप्तान रोहित पौडलेको बलमा युएईका अली नासिर आउट भएका थिए । नासिरलाई कुशल भुर्तेलले कयाच आउट गरेका हुन् । नासिर ४ रन बनाउँदै आउट भए । 

Dish Home
Global Ime Bank

त्यस्तै कुशल मल्लको बलमा अलिसान सराफु आउट भएका थिए । उनी १३.४ ओभरमा १६ बनाउँदै आउट भए । सराफु मल्लको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन् । 

खेलको ९.६ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । लामिछानेले आसिफ खानलाई आउट गरेका थिए । खान १३ बल खेल्दै १३ रन बनाएर आउट भएका हुन् । 

त्यस्तै सोमपाल कामिले एकै ओभरमा दुई विकेट लिएका थिए । सोमपालको बलमा युएईका ओपनर खालिद साह र कप्तान मोहम्मद वासिम आउट भएका हुन् । खालिदलाई ३.१ ओभरमा सोमपाल आफैँले रनआउट गरेका थिए भने वासिमलाई सोमपालकै बलमा ३.४ ओभरमा करण केसीले क्याच आउट गराएका थिए । 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन्  २०२४ मा हुने आइसिसी टि–२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि – २० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...
नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।