नेभिगेशन
सबै कुरा
आईसीसी टी–२० विश्वकप एसिया छनोट

युएईविरुद्ध नेपाललाई आठौँ सफलता, कुशल मल्लले लिए तीन विकेट

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईको आठौँ विकेट लिएको छ । यो सँगै कुशलले युइएविरुद्ध तीन विकेट लिएका छन् । खेलको १९ औँ ओभरमा मल्लले २ विकेट लिएका हुन् । १९.१ ओभरमा कुशल मल्लको बलमा गुल्सन झाले युएइका भृत्य अरविन्दलाई क्याच आउट गराएका हुन् । त्यस्तै १९.३ ओभरमा मल्लको बलमा कुशल भुर्तेलले आयन अफजललाई आउट गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि खेलको १७.१ ओभरमा सन्दीप लामिछानेको बलमा गुल्सन झाले बसिल हमिदलाई क्याच आउट गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै नेपालका कप्तान रोहित पौडलेको बलमा युएईका अली नासिर आउट भएका थिए । नासिरलाई कुशल भुर्तेलले कयाच आउट गरेका हुन् । नासिर ४ रन बनाउँदै आउट भए । 

कुशल मल्लको बलमा अलिसान सराफु आउट भएका थिए । उनी १३.४ ओभरमा १६ बनाउँदै आउट भए । सराफु मल्लको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन् । 

खेलको ९.६ ओभरमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । लामिछानेले आसिफ खानलाई आउट गरेका थिए । खान १३ बल खेल्दै १३ रन बनाएर आउट भएका हुन् । 

त्यस्तै सोमपाल कामिले एकै ओभरमा दुई विकेट लिएका थिए । सोमपालको बलमा युएईका ओपनर खालिद साह र कप्तान मोहम्मद वासिम आउट भएका हुन् । खालिदलाई ३.१ ओभरमा सोमपाल आफैँले रनआउट गरेका थिए भने वासिमलाई सोमपालकै बलमा ३.४ ओभरमा करण केसीले क्याच आउट गराएका थिए । 

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन्  २०२४ मा हुने आइसिसी टि–२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि – २० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो ।

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...