नेभिगेशन
सबै कुरा

हिरासतमा रहेकी महिलामाथि डिएसपीबाट नै बलात्कार, प्रहरीले लिएन जाहेरी

भदाै ९, सप्तरी - कर्तव्य ज्यान मुद्दामा सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलामाथि प्रहरी कार्यालयभित्रै जबरजस्ती करणी भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

Extreme Energy

२०७९ कात्तिक ६ मा पतिको हत्या गरेको आरोपमा प्रहरीले उनीसहित तीन जनालाई गत चैत ४ गते पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि अर्थात चैत ६ गते राति डीएसपी दीपककुमार रायले आफूमाथि जबरजस्ती करणी गरेको उनको आरोप छ । 

वैशाख ११ मा प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएकी उनले आफू बिरामी भएको बताएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उनले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयान लेखाएकी थिइन् ।

त्यस्तै हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको घटना प्रहरीले समेत लुकाएको पाइएको छ ।

घटनाको पाँच महिनापछि बिहीबार पीडित महिलाका कानुन व्यवसायी र परिवार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी र उनका सहयाेगी एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका थिए । तर प्रहरीले उनीहरुको जाहेरी दर्ता नगरी फर्काइदिएको छ भने घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार राय आफूमाथि लागेको आरोप निराधार भएको दाबी गर्दै तर्किरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...