नेभिगेशन
सबै कुरा

हिरासतमा रहेकी महिलामाथि डिएसपीबाट नै बलात्कार, प्रहरीले लिएन जाहेरी

भदाै ९, सप्तरी - कर्तव्य ज्यान मुद्दामा सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलामाथि प्रहरी कार्यालयभित्रै जबरजस्ती करणी भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

Ncell
Extreme Energy

२०७९ कात्तिक ६ मा पतिको हत्या गरेको आरोपमा प्रहरीले उनीसहित तीन जनालाई गत चैत ४ गते पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि अर्थात चैत ६ गते राति डीएसपी दीपककुमार रायले आफूमाथि जबरजस्ती करणी गरेको उनको आरोप छ । 

वैशाख ११ मा प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएकी उनले आफू बिरामी भएको बताएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । उनले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयान लेखाएकी थिइन् ।

त्यस्तै हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको घटना प्रहरीले समेत लुकाएको पाइएको छ ।

घटनाको पाँच महिनापछि बिहीबार पीडित महिलाका कानुन व्यवसायी र परिवार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी र उनका सहयाेगी एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका थिए । तर प्रहरीले उनीहरुको जाहेरी दर्ता नगरी फर्काइदिएको छ भने घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार राय आफूमाथि लागेको आरोप निराधार भएको दाबी गर्दै तर्किरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...