नेभिगेशन
सबै कुरा
आईसीसी टी–२० विश्वकप एसिया छनोट

युएईलाई हराउँदै नेपाल टि–२० विश्वकपमा छनोट

काठमाडैं । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए । 

Ncell
Extreme Energy

कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । 

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एकरएक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।