नेभिगेशन
सबै कुरा

इटहरीबाट तरहरातर्फ अघि बढ्दै हिन्दुवादीहरुको प्रदर्शन

९ भदौ सुनसरी ।  हिन्दु धर्म समर्थकहरुले आज धरानमा निषेधित क्षेत्रभन्दा बाहिर शान्तीपूर्ण  र्‍याली निकालेका छन् । इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जाने कार्यक्रम छ । तर प्रहरीले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेका कारण सोही स्थानमा धर्ना दिने उनीहरुकाे योजना बनाएका छन् । हजारौँको संख्यामा रहेका प्रदर्शनकारीहरुले धर्म निरपेक्षता खारेज गर्दै हिन्दु राज्यको माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रदर्शनलाई मध्यनजर गरेर आज धरानमा प्रशासनले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । प्रशासनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा नै जारी गरेको हो । धरान प्रवेश गरिने प्रत्येक नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । 


किन भईरहेको छ प्रदर्शन ?

साउन ९ गते सुनसरी प्रहरीले ३० किलो गोरुको मासुसहित धरान–१५ का राजन परियार र बिन्द्राकुमार राईलाई पक्राउ गरेका थियाे । पक्राउ परेको १७ दिनपछि उनीहरु धरौटीमा रिहा भएका थिए । उनीहरु रिहा भएपछि धरानमा फेरि गोरु काटेर भोज लगाईयो । सो भोज नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरान–११ स्थित मंगलबारेमा आयोजना गरेको थियो । 

सामूहिक रुपमा गोरुको मासुको भोज लगाएको विषयलाई सामाजिक सञ्जालले धरानमा मात्रै सिमित गरेन । आफूहरुले पुज्ने गरेको जनावरको हत्या गरी मासु खाएको विषय हिन्दुवादीहरुले सहन सकेनन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नै यसको प्रतिवाद गर्न थाले । 

सामाजिक सञ्जालमै चलेको पहिचानवादी र हिन्दुवादीहरुको द्वन्द्व चर्किदै गयो । हिन्दुवादीहरुले विरोध गरेपछि पहिचानवादीहरुले पनि विज्ञप्ती निकालेर जवाफ दिए । 

यो विषयले संसदमा समेत स्थान पायो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संसदबाटै नेपालमा गाई काटेर खानेलाई साउदी अरबमा गएर सुंगुर काटेर देखाउन चुनौति दिए । उनीसँगै अन्य सांसदहरुले पनि धरानमा धार्मिक सहिष्णुता भंग गर्ने प्रयास भईरहेकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग राखे । 

सामाजिक सञ्जाल हुँदै सदन समेत तातेपछि हिन्दु धर्म समर्थकहरुले भदौ ९ गते (आज) शान्तीपूर्ण र्‍याली निकाल्ने निर्णय गरे । त्यसका लागि उनीहरुले देशभरबाट उपस्थितिको लागि आह्वान गरे । 

तर समाजिक सञ्जालमा चलेको द्वन्द्वले यो प्रदर्शन शान्तिपुर्ण हुनेमा शंका थियो । त्यसैले जिल्ला प्रशासन कार्यालयले धरानमा  डेंगु नियन्त्रणको आवरणमा समाजिक, धार्मिक, राजनैतिक सभा, प्रदर्शन तथा र्‍याली लगायतका कार्य गर्न रोक लगाएको छ । शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

भोटेकोशी बाढी प्रभावितको पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणबारे के भयो छलफल ?

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (एनपीडीआरआर) को बैठकमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको छ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।

भर्खरै