नेभिगेशन
समाज

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

काठमाडौँ । अस्पतालको आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषय संसदमा उठेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।

Ncell
Extreme Energy

सांसद बाँस्कोटाले परिवारलाई समेत कडा नियम र निश्चित समयमा मात्र भेट्न दिइने आईसीयू कक्षमा क्यामरा, क्यामराम्यानसहित प्रवेश गरी करिब एक घण्टा लामो अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन् । उनले अन्तर्वार्ता लिइएका बिरामीका साथै त्यही कक्षमा रहेका अन्य जटिल अवस्थाका बिरामीहरूको स्वास्थ्य, गोपनीयता र जीवनसमेत संक्रमणको जोखिममा पारिएको बताइन् ।

‘संवेदनशील कक्षमा अन्तर्वार्ता लिन अस्पताल प्रशासन र चिकित्सकहरूले कसरी र कुन नैतिकताका आधारमा अनुमति दिए ?’ उनले प्रश्न गरिन् ।

मानव जीवनभन्दा ठूलो कुनै अन्तर्वार्ता, कन्टेन्ट वा भ्युज हुन नसक्ने भन्दै बिरामीको अवस्थालाई टीआरपीसँग तौलिने प्रवृत्ति बढेको उनको भनाइ थियो ।

सांसद बाँस्कोटाले उपचाररत बिरामीको गोपनीयता, संक्रमण नियन्त्रण तथा अस्पताल प्रशासनको लापरबाहीलाई कानुनी दायरामा ल्याउन छुट्टै ’मेडिकल नेग्लिजेन्स ऐन’ तत्काल तर्जुमा गरी लागू गर्न सरकारसँग माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...
चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा  मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।