नेभिगेशन
सबै कुरा

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

९ भदाै, काठमाडौं - चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय ग¥यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।  

Extreme Energy

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । 

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक÷एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।  

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो  । उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।   

महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।