नेभिगेशन
सबै कुरा

आइएफआरसीद्वारा ‘जाजरकोट भूकम्प’बाट पीडितलाई १० करोड सहयोग

काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष (डिआरइएफ)मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइएफआरसीको महासचिव जगन चापागाईँँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भनेका छन् “नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपतकालीन कोषमार्फत्  तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।” 

Ncell
Extreme Energy

उनले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिएका छन् । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिमप्राप्त ९० भन्दा बढी स्वयंसेवक भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रुपमा जुटिरहेका छन् । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूटको अकल्पनीय भूकम्प गएको थियो । यसपछि तत्काल ‘पहिलो उद्धारक’ रुपमा सो मानवीय संस्थाका स्वयंसेवक उद्धारमा जुटेका थिए । यो कार्य निरन्तर जारी रहेको जनाइएको छ । प्रारम्भिक प्रतिवेदनका अनुसार मुख्यगरी ती दुई जिल्लामा हालसम्म भूकम्पबाट एक सय ५०  जना भन्दा बढीको मृत्यु, तीन सय ४५ घाइते, १२ हजार ०६ परिवार विस्थापित, ३८ हजार सात सय पाँच प्रभावित, नौ हजार चार सय ८३ घर क्षति, १९ हजार दुई सय ८६ घरमा आंशिक क्षति पुर्याएको थियो ।  

सोसाइटीले हालसम्म एकहजार सात सय म्याट्रेक्स, एकजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुईसय बुकटेस, एकजार रोपेस भूकम्पपीडितलाई  वितरण गरिसकेको जनाएको छ । यो कार्य जारी रहेको जनाइएको छ ।  

आवास र गैर खाद्य सामग्री ÷नगद वितरण ९आकस्मिक आवास,तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस०, स्वास्थ्य ९मनोसामाजिक, परामर्श० सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रुपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ । 

राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित नगद सहयोग गर्ने नीति  उसले लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...