नेभिगेशन
समाज

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

टोरन्टो । नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको अधिवेशनले दाहालको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

Ncell
Extreme Energy

निर्वाचन समितिका संयोजक दधिराज अर्यालका अनुसार अधिवेशनबाट १८ जना पदाधिकारी, १७ जना केन्द्रीय सदस्य र ७ जना महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन भएका छन् ।

टोरन्टोको स्कारबोरोमा गत असोज ३ गते शनिबार सम्पन्न अधिवेशनको अध्यक्षता समितिका तत्कालीन सभापति उदय दुराले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रतिनिधि रमेशजंग रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

अधिवेशनमा एनआरएनए आईसीसीका सचिव अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष पुण्यसागर मरहठ्ठा, एनसीसीएसका अध्यक्ष बिमलमान बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्यानडाका प्रमुख कुमार उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, विद्याभूषण कार्की, कुशल घिमिरे, उद्दव गौतम तथा निर्वाचन समितिका संयोजक दधिराज अर्यालले पनि अधिवेशनलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा समितिका संयोजक तथा नवनिर्वाचित सभापति केशव दाहालले धन्यवाद मन्तव्य दिएका थिए भने राजेन्द्र पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएसँगै नेपाली जनसम्पर्क समिति क्यानडाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।