नेभिगेशन
पैसाका कुरा

ईसेवाको चाडपर्व अफर : यामाहाका तीन वटा मोटरसाइकल जित्ने अवसर

भुक्तानी सञ्चालक ईसेवाले नेपालीहरूको महान चाड दसैँ तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जस अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा रु ३ लाख ७९ हजार ९०० मूल्यको ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्यान्डर्ड’ मोटरसाइकल जित्न सकिनेछ। यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्यान्डर्ड’ मोटरसाइकल जित्न सक्नेछन्।

Ncell
Extreme Energy

कम्पनीका अनुसार इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ।त्यसैगरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले रियलमि ११एक्स५जी पाउनेछन्। त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले रु ३०० सम्मको क्यासब्याक तथा सीजी डिजिटल को टिभी समेत जित्न सक्नेछन्।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन्। इसेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यू–आर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन्।

त्यसैगरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन्। विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा रु ५ हजार भन्दा बढीको भुक्तानी पाउने सबैले टपअप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्ने कम्पनीको भनाई छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७८ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुलरकलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...

भर्खरै