नेभिगेशन
समाज

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दैछ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीबाट टाढिएका मतदातासँग विश्वास पुनर्स्थापित गर्ने, सङ्गठन सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यले सभापति गगनकुमार थापाको नेतृत्वमा एकमहिने अभियान  सञ्चालन हुन लागेको हो। 

Marvel
Extreme Energy

अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको बताए।

उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले स्पष्ट पारे। 

महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए। मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए।

अभियानका क्रममा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि अपनाइने प्राइमरी इलेक्सन प्रक्रियाबारे आवश्यक तयारी तथा छलफल गरिनेछ। त्यस्तै, जिल्ला तथा प्रदेश तहमा पार्टीका अधिवेशन, सङ्गठन विस्तार तथा अन्य साङ्गठनिक गतिविधिलाई समेत प्राथमिकताका साथ अघि बढाइने कांग्रेसले जनाएको छ। अभियानले पार्टीको वर्तमान भूमिका र आगामी कार्यदिशाबारे नागरिकलाई जानकारी गराउने अवसरसमेत प्रदान गर्नेछ।

अभियानअन्तर्गत विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गरिनेछ। उनीहरूका गुनासा, प्रश्न र असन्तुष्टि सुन्ने तथा त्यसको जवाफ दिने गरी अभियानलाई जनतासँगको संवादमा केन्द्रित गरिनेछ । 

कांग्रेसले अभियानमार्फत पार्टी र मतदाताबीचको सम्बन्ध पुनः मजबुत बनाउने, स्थानीय तहसम्मको सङ्गठनलाई सक्रिय बनाउने तथा आगामी निर्वाचनका लागि आधार तयार गर्ने लक्ष्य लिएको छ। एक महिनासम्म सञ्चालन हुने अभियानमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरी नागरिकसँग प्रत्यक्ष सम्पर्क र संवाद बढाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन कस्तो ? विदेशी क्रिकेटरले के सिकाए ?

एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन कस्तो ? विदेशी क्रिकेटरले के सिकाए ?

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
एनपिएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपिएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पहिलो क्वालिफायरको रोमाञ्चक भिडन्तमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
विपद्को चपेटामा जलविद्युत् आयोजना : बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति

विपद्को चपेटामा जलविद्युत् आयोजना : बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति

मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।