नेभिगेशन
समाज

एनपिएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पहिलो क्वालिफायरको रोमाञ्चक भिडन्तमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि सुरु हुनेछ । फाइनल प्रवेशका लागि निर्णायक खेल जित्ने लक्ष्यका साथ दुबै टोली मैदानमा उत्रिनेछन् । 

Marvel
Extreme Energy

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिमलाई नराम्रोसँग हराएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उद्घाटन खेलको हारको बदला लिँदै आज जित निकालेर सिधै फाइनलमा प्रवेश गर्न चाहन्छ । लुम्बिनी भने पहिले नै हराएको सुदूरपश्चिमलाई सहजै पन्छाएर फाइनल पुग्ने दाउमा हुनेछ । 

आजको खेल जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ  ।  

एनपिएलमा बुधबार भोलि काठमाडौं गुर्खाज र चितवन राइनोजबीच इलिमिनेटर खेल हुनेछ । जित्नेले दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित टिम बाहिरिनेछ । 

दोस्रो क्वालिफायरको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ । 

फाइनल खेल शनिबार हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्को चपेटामा जलविद्युत् आयोजना : बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति

विपद्को चपेटामा जलविद्युत् आयोजना : बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति

मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।
आजदेखि काठमाडौं उपत्यकामा मासु जाँच ऐन लागू, परीक्षणबिनाको मासु बिक्री गर्न नपाइने

आजदेखि काठमाडौं उपत्यकामा मासु जाँच ऐन लागू, परीक्षणबिनाको मासु बिक्री गर्न नपाइने

काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला र मासु जाँच ऐन, २०५५ अनिवार्य रूपमा कार्यान्वयनमा आएको छ ।
१० करोड खर्चेर बनाइएको कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

१० करोड खर्चेर बनाइएको कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ ।
आङ्देम्बेको चेतावनी– बालेन सरकारसँग अब वार कि पारको लडाइँ हुन्छ

आङ्देम्बेको चेतावनी– बालेन सरकारसँग अब वार कि पारको लडाइँ हुन्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन सरकारसँग अब वार कि पारको लडाइँ हुने चेतावनी दिएका छन् ।