नेभिगेशन
समाज

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

लुम्बिनी ।  ‘दीगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । विश्वका सङ्कटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ ।  

Ncell
Extreme Energy

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवर्द्धन गर्ने, कूटनीतिज्ञका लागि ‘माइन्डफुलनेस’ आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ । 

यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरूको निष्कर्ष छ । 

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तरराष्ट्रिय बौद्ध शान्ति संस्था निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान तथा ध्यान निर्देशित गर्ने उपकरणसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा पनि गोष्ठीले जोड दिएको छ ।

यस्तै, ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकाङ्क’ स्थापना गरी बौद्ध मूल्यमा आधारित शान्ति सूचकको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालय र सरकारी निकायको सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्क गठन गरी वैश्विक सङ्कटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । हरेक वर्ष ‘लुम्बिनी अन्तरराष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ गर्ने, अन्तरराष्ट्रिय कानुन र द्वन्द्व समाधानका लागि बौद्ध कानुनी दर्शनको अध्ययन र प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।
    
गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो । कूटनीतिक एवम् पूर्वराजदुत प्राडा लोकराज बराल, भारतका पूर्वराजदूत डा अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टङ्क कार्कीलगायतका विज्ञले आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा ५८ जना विद्वानले विभिन्न एजेण्डामा रहेर छलफल गरेका थिए । 

गोष्ठीमा पूर्वराजदूत, विभिन्न विश्वविद्यालयका उपकुलपति, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षमा पनि गोष्ठीलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै