नेभिगेशन
मुख्य समाचार

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

लुम्बिनी ।  ‘दीगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । विश्वका सङ्कटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ ।  

City Express

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवर्द्धन गर्ने, कूटनीतिज्ञका लागि ‘माइन्डफुलनेस’ आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ । 

यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरूको निष्कर्ष छ । 

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तरराष्ट्रिय बौद्ध शान्ति संस्था निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान तथा ध्यान निर्देशित गर्ने उपकरणसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा पनि गोष्ठीले जोड दिएको छ ।

यस्तै, ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकाङ्क’ स्थापना गरी बौद्ध मूल्यमा आधारित शान्ति सूचकको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालय र सरकारी निकायको सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्क गठन गरी वैश्विक सङ्कटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । हरेक वर्ष ‘लुम्बिनी अन्तरराष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ गर्ने, अन्तरराष्ट्रिय कानुन र द्वन्द्व समाधानका लागि बौद्ध कानुनी दर्शनको अध्ययन र प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।
    
गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो । कूटनीतिक एवम् पूर्वराजदुत प्राडा लोकराज बराल, भारतका पूर्वराजदूत डा अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टङ्क कार्कीलगायतका विज्ञले आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा ५८ जना विद्वानले विभिन्न एजेण्डामा रहेर छलफल गरेका थिए । 

गोष्ठीमा पूर्वराजदूत, विभिन्न विश्वविद्यालयका उपकुलपति, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षमा पनि गोष्ठीलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनमा एमालेका ६४ कार्यालय र १५८ नेताका घरमा क्षति

जेनजी आन्दोलनमा एमालेका ६४ कार्यालय र १५८ नेताका घरमा क्षति

पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ।'
हटाइए काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजाल, इश्वराज पौडेललाई जिम्मेवारी

हटाइए काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजाल, इश्वराज पौडेललाई जिम्मेवारी

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिवपौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । रिजाललाई गृह मन्त्रालय तानिएको गृह मन्त्रालयले जनाएको छ।
केपी ओली र रमेश लेखकलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

केपी ओली र रमेश लेखकलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार रास्वपाको केन्द्रीय समिति बैठकले  भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री...
नेताको घरमा भेटिएको अवैध नगद र सम्पत्तिमाथि छानबिन गरः रास्वपा

नेताको घरमा भेटिएको अवैध नगद र सम्पत्तिमाथि छानबिन गरः रास्वपा

२ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद माथि छानबिनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए...