नेभिगेशन
मुख्य समाचार

हटाइए काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजाल, इश्वराज पौडेललाई जिम्मेवारी

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएको छ । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारीकारुपमा सहसचिव इश्वराज पौडेललाई पठाएको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिवपौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । रिजाललाई गृह मन्त्रालय तानिएको गृह मन्त्रालयले जनाएको छ। 

पौडेल करिब ८ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजक भएर काम गरेका थिए । उनकै अनुसन्धानपछि चर्चित सून तस्कर गोरे समेत पक्राउ परेका थिए ।

रिजाललाई तत्कालिन गृहमन्त्री रमेश लेखकले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् ।