नेभिगेशन
समाज

नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

म्याग्दी । चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिमा बुधबार साँझ म्याग्दीको बेनी बजार संगीतमय बनेको छ। गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा बेनीको खुलामञ्चमा भेला भएका हजारौँ दर्शक करिब दुई घण्टासम्म झुमेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लालो टिसर्ट र जिन्सको ज्याकेटमा साँझ ६ बजे मञ्चमा उक्लिएका अमृतलाई दर्शकले हुटिङसहित स्वागत गरेका थिए। ‘आँगनैभरि’ गीतबाट प्रस्तुति सुरु गरेका उनले लगातार आफ्ना चर्चित गीत सुनाए। मञ्चबाट अमृतको स्वर गुञ्जिँदा दर्शकले पनि स्वरमा स्वर मिलाएर साथ दिए।

Marvel
Extreme Energy

तीनवटा गीत प्रस्तुत गरेपछि दर्शकलाई अभिवादन गर्दै उनले ३० वर्षअघिको बेनी यात्रासमेत सम्झिए। त्यतिबेला जोमसोममा गीतको छायांकन गरेर बेनी हुँदै पैदल पोखरा पुगेको स्मरण उनले सुनाए।

मंसिरको पहिलो साता धान काटेर दाइँ हाल्ने र गहुँलगायत हिउँदेबाली लगाउने समयको प्रसंग निकाल्दै अमृतले धौलागिरिको काख र कालीगण्डकी सभ्यतासँग जोडिएका पुर्खाका भाका खोज्दै बेनीबाट रुकुमसम्म पुगेको अनुभव सुनाए। त्यसपछि उनले ‘धौलागिरि’ गीत प्रस्तुत गरे।

‘भेडाको ऊनजस्तो’, ‘रामारामा’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी मर्‍यो सिसैको गोलीले माया बस्यो त्यो मीठो बोलीले’ र ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’ लगायत गीतले दर्शकलाई थप उत्साहित बनायो। ‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’ र ‘म नाचेँ छमछमी’ जस्ता गीतमा अमृत आफैँ पनि छमछमी नाचे। भरिभराउ खुलामञ्चमा दर्शकले हुटिङ र तालीमार्फत उनलाई साथ दिए।

गीतसँगै अमृतले सामाजिक सद्भाव, एकता र मानव कल्याणको सन्देश पनि दिए। नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै उनले समाजका सबै जातजाति, धर्म र समुदाय मिलेर बस्नुपर्नेमा जोड दिए।

मानिस यो धरतीमा केही वर्षका लागि मात्रै पाहुना बनेर आउने भएकाले पैसाको पछि मात्र नलाग्न आग्रह गर्दै उनले मानव कल्याणमा सहयोग गर्न अपिल गरे। समाजमा असहाय र अशक्त मानिस कठिन अवस्थामा बाँचिरहेको उल्लेख गर्दै उनले मानव कल्याणभन्दा ठूलो धर्म अरू नहुने बताए।

देश निर्माणका लागि सबै एकजुट हुनुपर्ने सन्देशसहित उनले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ प्रस्तुत गरे। त्यसपछि ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो।

प्रस्तुतिका क्रममा उनले राजनीतिकर्मीलाई मनपरी नगर्न खबरदारी गर्दै कर्मचारीलाई विचलित नभई निर्धक्क भएर न्यायको राज्य सञ्चालनमा भूमिका खेल्न आग्रह गरे। अभावका बीच पनि पुर्खाले देश जोगाउन गरेको योगदानको स्मरण गर्दै उनले सामाजिक एकताको आवश्यकता औँल्याए।

गाउँका घर खाली हुँदै गएको र खेतीयोग्य जमिन बाँझिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरेका उनले पर्वतको बाँसखर्कमा बजार र विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका किसानको प्रशंसासमेत गरे।

करिब दुई घण्टा चलेको प्रस्तुतिमा अमृतलाई ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजित कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट समेत दर्शक आएका थिए। स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठका अनुसार बेनीमा १५ वर्षपछि नेपथ्यको सांगीतिक प्रस्तुति भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।
१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

निर्माणमा ढिलाइ हुँदै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने भएको छ।
डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।