नेभिगेशन
समाज

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्। १२ वर्षअघि निर्माण सुरु भएको पुल अलपत्र परेपछि स्थानीयले निर्माणमा देखिएको अवरोध हटाएर काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुल निर्माणको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन्।

Marvel
Extreme Energy

छलफलका क्रममा सडक डिभिजन प्रमुख श्रेष्ठले पुल पुरानै स्थानबाट निर्माण गर्ने वा नयाँ स्थानमा सार्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए। यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए।

निर्माणमा लामो समयसम्म प्रगति नभएपछि सडक डिभिजन कार्यालयले गत वैशाखमा ठेक्का तोडेको थियो। निर्धारित अवधि र पटकपटक थपिएको म्यादमा समेत काम सम्पन्न नगरेको तथा कार्यालयले निर्देशन दिँदासमेत निर्माण व्यवसायीले चासो नदेखाएपछि ठेक्का अन्त्य गरिएको हो।

घुमाउनेमा पुल नबन्दा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि आवागमनमा सास्ती खेप्दै आएका छन्। पुल निर्माणको माग गर्दै स्थानीयले मन्त्री, सांसद र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित निकायमा पुगेर घेराउसमेत गर्दै आएका छन्।

निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि पुलका दुवैतर्फका भागमा पिल्लर मात्रै ठडिएका छन्। मृत सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। पटकपटक म्याद थप र डिजाइन परिवर्तन भएपछि विसं २०७५ माघमा पुनः सम्झौता गरिएको थियो। उक्त सम्झौताअनुसार विसं २०७८ चैतमा पुल निर्माण सम्पन्न हुनुपर्ने थियो। तर, हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनको नारायणगढबीच सहज आवागमन स्थापित गर्ने उद्देश्यले घुमाउनेघाटमा मोटरेबल पुल निर्माण थालिएको थियो। पुल निर्माण भएपछि बुद्धसिं मोटरमार्गमार्फत पोखरा र दमौलीबाट नारायणगढ पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा आउनेछ।

तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६ तथा आँबुखैरेनी गाउँपालिका–५ हुँदै मुग्लिन–नारायणगढ सडकमा जोडिन्छ।

यो सडक पृथ्वी राजमार्गको मुग्लिन खण्डभन्दा करिब २३ किलोमिटर छोटो रहेको छ। यसबाट देवघाट गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दासमेत लाभान्वित हुनेछन्।

तर, घुमाउनेमा मोटरेबल पुल नहुँदा अहिले सवारीसाधन तनहुँको सीमासम्म पुगेर फर्कन बाध्य छन्। मोटरसाइकलसमेत डोर्‍याएर मात्रै मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुर्‍याउन सकिने अवस्था छ। पुल निर्माण सम्पन्न भए पोखरा, दमौली र नारायणगढबीचको दूरी छोटिने तथा यस क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।
१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

निर्माणमा ढिलाइ हुँदै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने भएको छ।
नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिमा बुधबार साँझ म्याग्दीको बेनी बजार संगीतमय बनेको छ।
डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।