नेभिगेशन
समाज

डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिए, स्विस फ्र्याङ्कको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा स्विस फ्र्याङ्कको मूल्य भने बढेको छ भने भारतीय रुपैयाँको विनिमयदर स्थिर छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम भएको छ। बुधबार डलरको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा थियो। यसअनुसार डलरको खरिद र बिक्रीदर दुवैमा एक रुपैयाँ आठ पैसा गिरावट आएको छ।

Marvel
Extreme Energy

युरोपियन युरो एकको खरिददर एक रुपैयाँ चार पैसा घटेर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर एक रुपैयाँ ४७ पैसा घटेर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक रुपैयाँ ४७ पैसा घटेर १९३ रुपैयाँ १३ पैसा कायम भएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ३३ पैसाबाट घटेर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसाबाट घटेर ९७ रुपैयाँ ११ पैसा कायम भएको छ। क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ४० पैसाबाट घटेर १०३ रुपैयाँ सात पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसाबाट घटेर १०३ रुपैयाँ ४९ पैसा कायम भएको छ।

सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसाबाट घटेर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसाबाट घटेर ११४ रुपैयाँ ४४ पैसा कायम भएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसाबाट घटेर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसाबाट घटेर नौ रुपैयाँ २७ पैसा कायम भएको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसाबाट घटेर २२ रुपैयाँ छ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसाबाट घटेर २२ रुपैयाँ १५ पैसा कायम भएको छ।

साउदी अरेबियन रियालको खरिददर ३९ रुपैयाँ ५४ पैसाबाट घटेर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसाबाट घटेर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ४० रुपैयाँ ७० पैसाबाट घटेर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसाबाट घटेर ४० रुपैयाँ ५७ पैसा कायम भएको छ।

यस्तै, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर र हङकङ डलरको मूल्य पनि घटेको छ। कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको मूल्यमा समेत गिरावट आएको छ।

तर स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसाबाट बढेर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ नौ पैसाबाट बढेर १७७ रुपैयाँ २४ पैसा पुगेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा अघिल्लो दिनकै दरमा कायम छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।
१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

निर्माणमा ढिलाइ हुँदै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने भएको छ।
नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिमा बुधबार साँझ म्याग्दीको बेनी बजार संगीतमय बनेको छ।