नेभिगेशन
समाज

वडाध्यक्षमाथि युवकको टाउको फोरेको आरोप, घाइतेको टाउकोमा ८ टाँका

वडाध्यक्ष भने, ‘अहिले आरोप म माथि लगाएका छन् । मैले उनलाई माछा समेत पकाएर दिएको थिएँ । उनीहरुले मायाले मलाई हल्का मदिरा खान दिएका थिए ।’

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का वडाअध्यक्ष वीरबहादुर साउँदमाथि एक युवकलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय २४ वर्षीय सुनिल खड्कालाई उनले प्रश्न गरेकै भरमा निर्घात कुटपिट गरेको आरोप छ । अध्यक्षको कुटाइबाट घाइते भएका खड्‌काको स्थानीय अस्पतालमा उपचार भैइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Ncell
Extreme Energy

घाइते सुनिल खड्काले आफूले वडा अध्यक्ष साउदलाई प्रश्न गरेकै कारण आफूमाथि प्रहार भएको बताए । ‘वडा अध्यक्षलाई मैले तपाई तिन वर्ष भन्दा बढी भो वडा अध्यक्ष भएको के चाँही राम्रो काम गर्नु भो, अब बाँकी रहेको समयमा के चाँही गर्नु होला भन्ने आशा गर्ने भनेको थिए ।’ उनले भने, ‘तर, उहाँले तँ बढ्ता बोल्छस् भनेर टाउँकोमा ढुङगाले हान्नु भो । त्यस अघि मैले हरेक वर्षायममा पानीले आफू लगायतका स्थानीयको खेतीयोग्य जमिन कटान गर्ने गरेको समस्याका विषयमा पनि कुरा गरेको थिए। प्रश्न गरेकै भरमा एक जिम्मेवार अभिभावकबाट मैले यसरी कुटाइ खानु पर्यो ।’

यता वडा अध्यक्ष साउँदले भने, घटनामा आफ्‌नो कुनै संलग्नता नरहेको बताएका छन् । ‘उनीहरु समुहमा लडाँई गरिरहेका थिए। म छुट्याउन मात्र गएको थिएँ ।’ वडाध्यक्ष साउदले भने, ‘अहिले आरोप म माथि लगाएका छन् । मैले उनलाई माछा समेत पकाएर दिएको थिएँ । उनीहरुले मायाले मलाई हल्का मदिरा खान दिएका थिए ।’ 

त्यस्तै, घटनाका एक जना प्रत्यक्षदर्शीका अनुसार वडा अध्यक्षको समुह र कुटपिटबाट घाइते भएका खड्का समुहको विवाद हुनुअघि मदिरापाटी चलेको थियो । वडा अध्यक्षका समुहपट्टीबाट एक जना नसाको तालमा खड्काको समुहमा आएर विवाद गर्न थालेपछि घटना भएको उनले बताएका छन् । ‘ती व्यक्तिले सुनिल खड्काको समुहमा आएर तिमीहरु जेनजी होइन भनेर हप्काउन थाले । त्यही बेला घाइते भएका खड्‌काले झगडा गर्न आएको होर भनेर घाँटी समातेर धकेलेका थिए । सो समयमा वडा अध्यक्षले खड्कालाई ढुङगाले हानेका हुन्। त्यसपछि ग्याँङ फाइट नै भयो ।’ उनले भने । 

प्रत्यक्षदर्शीका अनुसार दुई समूहको झगडापछि केही बेर जंगलमा भागदौड नै मच्चिएको थियो । 

त्यस्तै, घटनामा घाइते २४ वर्षका सुनिल खड्काले आफुलाई वडा अध्यक्षले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा सोमबार नै उजुरी दर्ता गराएका छन् । घाइते खड्काको टाउकोमा आठ वटा टाँका लागेको प्रहरीको भनाई छ । उनीहरु वनभोज खान बडखोली क्षेत्रमा गएर फर्किने क्रममा घटना भएको र घटनाका बारेमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।