नेभिगेशन
समाज

पहिरो पन्छाएपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

गुल्मी। पहिरोका कारण अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी सडक माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय, स्थानीय गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी चट्टानसहितको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

Marvel
Extreme Energy

सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँ आएका तथा रुद्रवेणी–पूर्तिघाट सडकखण्डमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरासम्म आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए।

कालीगण्डकी करिडोर मुस्ताङ पुग्ने छोटो सडक मार्ग भएकाले पछिल्लो समय यस सडकमा सवारी चाप बढ्दै गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ।
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले रूपन्देहीबाट थप तीन युवतीलाई पक्राउ गरेको छ।
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको इभी दुर्घटनामा सर्लाहीको एउटै परिवारका छ जनाको मृत्यु भएको छ। दुर्घटनामा परिवारका एक छोरा घाइते भएका छन्।