नेभिगेशन
समाज

काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट सात लाख २९ हजार रुपैयाँभन्दा बढी नगद र कौडा तथा तास बरामद भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस तथा होमस्टेमा कौडा खेलिरहेको अवस्थामा सञ्चालक ३४ वर्षीय कुमार लामासहित ३७ जना पक्राउ परेका छन्।

Marvel
Extreme Energy

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

त्यस्तै, तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौँ मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक लाख ५० हजार ५४० रुपैयाँ र चार बुक तास बरामद गरेको छ।

दुवै स्थानबाट पक्राउ परेका गरी जुवातास खेलिरहेको अवस्थामा ४४ जना नियन्त्रणमा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरो पन्छाएपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिरो पन्छाएपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिरोका कारण अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले रूपन्देहीबाट थप तीन युवतीलाई पक्राउ गरेको छ।
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको इभी दुर्घटनामा सर्लाहीको एउटै परिवारका छ जनाको मृत्यु भएको छ। दुर्घटनामा परिवारका एक छोरा घाइते भएका छन्।