नेभिगेशन
समाज

अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

Marvel
Extreme Energy

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवको श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइको मृत्यु भएको छ ।

दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको काफ्लेले जानकारी दिए।

घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।

घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय देवेन्द्र उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र सुदीपलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्रलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

भीमफेदी दुर्घटनामा एउटै परिवारका ६ जनाको मृत्यु, गाडीमा सिट नपुगेकाले जोगिए अवधेश

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको इभी दुर्घटनामा सर्लाहीको एउटै परिवारका छ जनाको मृत्यु भएको छ। दुर्घटनामा परिवारका एक छोरा घाइते भएका छन्।
भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
पोखरालाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

पोखरालाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ। जितसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ भने पोखरा प्रतियोगिताबाट बाहिरिएको...