नेभिगेशन
समाज

काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र

काठमाडौं । लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ मनाउन काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौरीघाट, विष्णुमती, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण सुरु गरिएको छ। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ।

Marvel
Extreme Energy

चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्। सबैभन्दा बढी भक्तजन पुग्ने गौरीघाटमा एकैपटक पाँच सयभन्दा बढी व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने कामलाई तीव्रता दिइएको छ।

यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाउने क्रम बढ्दै गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते (विवरणसहित)

बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते (विवरणसहित)

काभ्रेपलाञ्चोकको बनेपामा दुई बस एकापसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।
पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ।
भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एउटै टोलका पाँच परिवारका सदस्यले ज्यान गुमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग आग्रह गरेको छ।
सन्दीपको उत्कृष्ट बलिङ : ह्याट्रिकसहित लिए ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

सन्दीपको उत्कृष्ट बलिङ : ह्याट्रिकसहित लिए ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ विकेट लिँदै प्रतियोगिताकै उत्कृष्ट बलिङ कीर्तिमान बनाएका हुन्।