नेभिगेशन
समाज

सन्दीपको उत्कृष्ट बलिङ : ह्याट्रिकसहित लिए ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ विकेट लिँदै प्रतियोगिताकै उत्कृष्ट बलिङ कीर्तिमान बनाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराको इनिङ्सको १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। उनले उक्त ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएका थिए।

Marvel
Extreme Energy

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि विराटनगरका प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एनपीएलमा ह्याट्रिक गरेका थिए।

सन्दीपले यस खेलमा ६ विकेट लिएसँगै जारी सिजनमा एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका छन्। अघिल्ला पाँच खेलमा जम्मा एक विकेट लिएका उनले छैटौँ खेलमा एकैपटक ६ विकेट लिएर आफ्नो बलिङ क्षमता प्रमाणित गरेका हुन्।

उनको यो प्रदर्शनसँगै एनपीएलमा एकै खेलमा ६ विकेट लिने बलरको सूचीमा शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोसँगै सन्दीप पनि थपिएका छन्।

उपलब्ध पछिल्लो स्कोर विवरणअनुसार सन्दीपले चार ओभरमा २७ रन दिएर ६ विकेट लिएका छन्। यसअघि प्रकाशित प्रारम्भिक विवरणमा भने उनको बलिङ ३ ओभरमा २३ रनसहित ६ विकेट उल्लेख थियो। चार ओभरमा ६ विकेट लिएको ६/२७ को प्रदर्शनले विलियम बोसिस्टोको ६/२८ को कीर्तिमानसमेत उछिनेको छ।

सन्दीपको घातक बलिङका कारण पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। पोखराका लागि युवराज सामराले ४७ बलमा ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य साथ दिन सकेनन्।

एनपीएलको जारी सिजनमा सुरुआती पाँच खेलमा अपेक्षाअनुसार विकेट लिन नसकेका सन्दीपले छैटौँ खेलमा गरेको यो प्रदर्शन विराटनगरका लागि महत्त्वपूर्ण बनेको छ। उनको ह्याट्रिक र ६ विकेटले प्रतियोगितामा व्यक्तिगत बलिङको नयाँ मानकसमेत स्थापित गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र

काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र

लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ मनाउन काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।
पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ।
भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एउटै टोलका पाँच परिवारका सदस्यले ज्यान गुमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग आग्रह गरेको छ।
वीरगञ्ज कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

वीरगञ्ज कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

पर्साको वीरगञ्ज कारागारबाट बलात्कार मुद्दामा कैद सजाय भोगिरहेका एक कैदी फरार भएका छन्। पोखरिया नगरपालिका–सतबरियाका सुनिल साह कारागारको सुरक्षा घेरा तोडेर फरार भएका हुन्।