नेभिगेशन
समाज

वीरगञ्ज कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

सीमावर्ती क्षेत्रमा निगरानी कडा

वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट बलात्कार मुद्दामा कैद सजाय भोगिरहेका एक कैदी फरार भएका छन्। पोखरिया नगरपालिका–सतबरियाका सुनिल साह कारागारको सुरक्षा घेरा तोडेर फरार भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय सुनाइएका साहले १२ वर्ष सजाय भुक्तान गरिसकेको बताइएको छ।

Marvel
Extreme Energy

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको घटनाको पुष्टि गरेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी उनको खोजी तीव्र पारिएको छ।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले साह सीमापार गर्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा निगरानी बढाइएको छ। सीमा क्षेत्रमा जाँचसमेत कडा पारिएको प्रहरीले जनाएको छ।

साह कुन समयमा र कसरी कारागारबाट फरार भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको आन्तरिक छानबिनसमेत अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्।

कडा सुरक्षा व्यवस्थाभित्र रहने कारागारबाटै कैदी फरार भएपछि कारागारको सुरक्षा व्यवस्था र प्रशासनिक निगरानीमाथि प्रश्न उठेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएको घटनाप्रति जनमत पार्टीले दुःख व्यक्त गरेको छ।
३७ वर्षदेखि हरियालीमै रमाउँदै हरिशरण

३७ वर्षदेखि हरियालीमै रमाउँदै हरिशरण

हातमा बिरुवाको टोकरी। सडकपेटीमा ग्राहकको प्रतीक्षा। उमेरले किशोरावस्था। विद्यालयबाट फर्किएपछि उनको दिनचर्या यस्तै हुन्थ्यो। दिउँसो ४ बजे विद्यालय छुट्थ्यो। त्यसपछि सुरु हुन्थ्यो अर्को पाठशाला–माटो, बिरुवा र बजार बुझ्ने...
भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई  राहत दिन गरे माग

भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन गरे माग

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकको मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्।
गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँका घरहरूमा बिस्तारै ताल्चा लाग्दै छन्। खेतबारी बाँझिँदै छन्। हिजोसम्म भरिभराउ हुने आँगनमा सेतै केश फुलेका वयोवृद्ध मात्रै भेटिन्छन्।