नेभिगेशन
मुख्य समाचार

ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । वार्तामा ट्रम्पको चीन भ्रमण तथा सीको अमेरिकाको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो ।

Marvel
Extreme Energy

ट्रम्प नोभेम्बर १८–१९ मा चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीन जाने तयारीमा छन् । त्यस्तै, सी डिसेम्बर १४–१५ मा फ्लोरिडाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार दुवै पक्षले शान्ति र आणविक निःशस्त्रीकरणका लक्ष्य अघि बढाउन नेतास्तरमा अर्थपूर्ण संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यसमा रुससमेत सहभागी हुन सक्ने सम्भावित त्रिपक्षीय नेतास्तरीय बैठक पनि समेटिएको छ ।

यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबीच भेटवार्ता गराउने तयारी भइरहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पनि चीनमा सी र पुटिनसँग भेट हुन सक्ने बताएका छन् । उनले आणविक निःशस्त्रीकरण र इरान युद्ध अन्त्यका विषयमा छलफल गर्न चाहेको बताएका थिए ।

रुस–युक्रेन युद्ध अन्त्यमा सहयोग पुग्ने भए युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी नभए पनि आफू सी र पुटिनसँग भेट्न तयार रहेको ट्रम्पले यसअघि नै बताएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेद र संवेदनशील विषयलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताएका थिए । सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

अमेरिका र चीनका विदेशमन्त्रीबीचको पछिल्लो संवादलाई दुई देशबीचको सम्बन्ध स्थिर बनाउने र आगामी उच्चस्तरीय भेटघाट तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
जेलमुक्त भए टोपबहादुर रायमाझी

जेलमुक्त भए टोपबहादुर रायमाझी

गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका,  छठ मनाउन हिँडेका थिए

गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, छठ मनाउन हिँडेका थिए

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित एउटै गाउँ फर्किंदै गरेका यात्रु सवार इभी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।...