नेभिगेशन
समाज

४० वर्षपछि चोरी गरिएका सन्तानसँग आमाको जब भयो भेट...

एजेन्सी। चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुम्पिएका दुई दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोग्दै आएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई अँगालो हाल्न पाएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन ।

Marvel
Extreme Energy

रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए । त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए । उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई समेत चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

तीनै दाजुभाइबीच सम्पर्क भएपछि उनीहरूबीच घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलोपटक सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिस चिली पुगेर आमालाई भेट्न सफल भए । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सकेनन् ।

चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ ।

गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएकी छन् ।

पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास उनले गरेकी थिइन् । तर अस्पतालमै उनका सन्तान खोसिएपछि उनले जीवनभर सन्तान वियोगको पीडा सहनुपर्‍यो ।

“धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो”, उनले भनिन् ।

पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताइन् । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्यतर्फ अघि बढ्न चाहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज राति र दिउँसोको मौसम

यस्तो छ आज राति र दिउँसोको मौसम

३३ जना किन परे पक्राउ ?

३३ जना किन परे पक्राउ ?

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।
इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।