नेभिगेशन
समाज

३३ जना किन परे पक्राउ ?

दमौली (तनहुँ)। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषध नियन्त्रण, जुवातास तथा अवैध मदिराको कारोबार रोकथाम, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण र प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोक्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।

Marvel
Extreme Energy

अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम राख्न र विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ ।

यसैबीच, पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

आजदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा साना चारपाङ्ग्रे र ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज राति र दिउँसोको मौसम

यस्तो छ आज राति र दिउँसोको मौसम

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।