नेभिगेशन
समाज

सवारी चापले घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि सवारीसाधनको उच्च चापका कारण दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।

Marvel
Extreme Energy

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीसाधनको चाप बढेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको हो।

पहिरो ठूलो हुनुका साथै कामदार बिदामा गएकाले पहिरो पन्छाउने काम प्रभावित भएको उनले बताए। पहिरो सफा गर्ने उपकरण तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसे तत्काल हटाउन सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्थाको मूल्याङ्कन गरेर मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ।

यस सडक हुँदै राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रुले पटकपटक खस्ने पहिरोका कारण सास्ती भोग्दै आएका छन्। सडक एकतर्फी सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पोखरामा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

पोखरामा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देहीमा देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
परराष्ट्रमन्त्री खनालद्वारा हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य सुदृढ गर्न जोड

परराष्ट्रमन्त्री खनालद्वारा हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य सुदृढ गर्न जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका चुनौती सामना गर्न तथा विपद् उत्थानशीलता बढाउन हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्यका संयन्त्र सुदृढ गर्नुपर्ने बताएका छन्।