नेभिगेशन
समाज

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

भैरहवा । रूपन्देहीमा देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत छन्।

Marvel
Extreme Energy

उनीहरूलाई बुधबार राति करिब १२:०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा आयोजित देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावविपरीत अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन नगर्न आग्रह गरेको छ। त्यस्ता गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पोखरामा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

पोखरामा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
परराष्ट्रमन्त्री खनालद्वारा हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य सुदृढ गर्न जोड

परराष्ट्रमन्त्री खनालद्वारा हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य सुदृढ गर्न जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका चुनौती सामना गर्न तथा विपद् उत्थानशीलता बढाउन हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्यका संयन्त्र सुदृढ गर्नुपर्ने बताएका छन्।
अपडेट- भीमफेदीमा भएको गाडी दुर्घटनामा १० जनाको मृत्यु

अपडेट- भीमफेदीमा भएको गाडी दुर्घटनामा १० जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।