नेभिगेशन
समाज

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रास, अपनाइयो यस्तो सुरक्षा सतर्कता

झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्ती नेपालतर्फ प्रवेश गर्न थालेपछि बाहुनडाँगी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल–भारत सीमा क्षेत्रमा हात्तीले नेपालतर्फ प्रवेश गरी स्थानीयवासीका घर भत्काउने र पाक्न लागेको धान खाने गर्न थालेपछि हात्तीलाई भारततर्फै फर्काउन बुधबारदेखि सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

Marvel
Extreme Energy

हात्तीको प्रवेश रोक्न र सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपालको बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसान परिचालन भएका छन्।

सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले विभिन्न उपकरण तथा सवारीसाधन प्रयोग गरी हात्तीको निगरानी र रोकथाम गरिरहेका छन्। यसका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरीका दुई ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक–एकवटा साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन प्रयोगमा ल्याइएको छ।

त्यसैगरी, निगरानीका लागि ९० भन्दा बढी ठूला लाइट, तीनवटा ट्याक्टर र १० भन्दा बढी मोटरसाइकल परिचालन गरिएको पोखरेलले जानकारी दिए।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग खेल्ने

एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज बिहीबार दुई खेल हुँदैछन् ।
मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी ५०० मिटर तल खस्यो, उद्धार जारी

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी ५०० मिटर तल खस्यो, उद्धार जारी

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि अफेयर रहेको खुलासा, सीईओ पद धरापमा

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि अफेयर रहेको खुलासा, सीईओ पद धरापमा

विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्बन्ध विवादमा तानिएपछि उनको पदसमेत धरापमा परेको छ ।