नेभिगेशन
समाज

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् । उनीहरूले स्वच्छ ऊर्जाको विस्तार, विकासशील राष्ट्रलाई जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई सम्मेलनको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए ।

Marvel
Extreme Energy

कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोडिएको चुनौतीका रूपमा व्याख्या गर्दै स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उल्लेख गर्दै उनले जलवायु जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय जलवायु लक्ष्यलाई कार्यान्वयनमा लैजाने, अर्थतन्त्रको विद्युतीकरण गर्ने, जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने र विकासशील राष्ट्रको जलवायु वित्तमा पहुँच सहज बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए । सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको उल्लेख गर्दै उनले नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धिले जलवायु सङ्कटको गम्भीरता देखाएको बताए ।

उनले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्नुपर्ने र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्ने बताए । टर्किएले सन् २०३५ सम्म अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको जानकारी पनि उनले दिए ।

वार्ता अध्यक्ष बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्व र जलवायु सङ्कटको एकैसाथ सामना गरिरहेको बताए । तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

गत वर्ष स्वच्छ ऊर्जामा दुई दशमलव दुई ट्रिलियन अमेरिकी डलर लगानी भएको र यो जीवाश्म इन्धनमा भएको लगानीको दोब्बर रहेको जानकारी दिँदै उनले स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिनुपर्ने बताए ।

जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन तथा उत्थानशीलतामा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय जलवायु योजनालाई कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्नुपर्ने बताए ।

तीनै वक्ताले जलवायु प्रतिबद्धतालाई घोषणामा मात्र सीमित नराखी वित्तीय स्रोत, लगानी र ठोस कार्ययोजनामार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग खेल्ने

एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज बिहीबार दुई खेल हुँदैछन् ।
मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी ५०० मिटर तल खस्यो, उद्धार जारी

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी ५०० मिटर तल खस्यो, उद्धार जारी

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि अफेयर रहेको खुलासा, सीईओ पद धरापमा

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि अफेयर रहेको खुलासा, सीईओ पद धरापमा

विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्बन्ध विवादमा तानिएपछि उनको पदसमेत धरापमा परेको छ ।
आज कहाँकहाँ छ वर्षाको सम्भावना?

आज कहाँकहाँ छ वर्षाको सम्भावना?

देशको हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली रहने भएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।