नेभिगेशन
समाज

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार इभी आज बिहान दुर्घटनामा परेको हो । भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहान भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Marvel
Extreme Energy

दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किंदै थिए । काठमाडौँको टीकाथलीबाट गाडी बुक गरेर सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए ।

हेटौँडा अस्पतालमा उपचाररत यादवले राति करिब २ बजे टीकाथलीबाट यात्रा सुरु गरेको जानकारी दिए । उनका अनुसार गाडीमा उनीसहित करिब १४ जना सवार थिए । यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन् ।

आफ्नो परिवारका सदस्य गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताए । छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् ।

घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मुकेश यादव, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ ।

मुकेशको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यसैबीच, दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए । उनका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ ।

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली परिचालन गरिएको थियो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन् ।

मृतकको पहिचान खुलाउने काम भइरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आज राति र दिउँसोको मौसम

यस्तो छ आज राति र दिउँसोको मौसम

३३ जना किन परे पक्राउ ?

३३ जना किन परे पक्राउ ?

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।