नेभिगेशन
समाज

गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, छठ मनाउन हिँडेका थिए

हेटौँडा । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित एउटै गाउँ फर्किंदै गरेका यात्रु सवार इभी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुले पनि अन्य मृतकको पहिचान खुल्न बाँकी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाहीको चक्रघट्टा गाउँका छिमेकी र आफन्तले काठमाडौँको टीकाथलीबाट गाडी रिजर्भ गरेर गाउँ फर्किने क्रममा दुर्घटना भएको हो ।

Marvel
Extreme Energy

घाइतेमध्येका ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू राति करिब २ बजे टीकाथलीबाट यात्रा सुरु गरेका थिए । गाडीमा चालकसहित करिब १४ जना सवार थिए । अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त थिए ।

बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट गाडी करिब ५०० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ । घाइते हुनेमा तीन पुरुष र तीन बालक रहेका छन् ।

हेटौँडा अस्पतालमा उपचाररत मुकेशको टाउको र ढाडमा चोट लागेको छ । घाइतेमध्ये मुकेशसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ । सक्षमको अवस्था सामान्य र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते छ जनाकै हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली परिचालन गरिएको थियो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा गाडी खसेकाले सुरक्षाकर्मीले खोजतलास जारी राखेका छन् ।

मृतकको पहिचान खुलाउने र दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४० वर्षपछि चोरी गरिएका सन्तानसँग आमाको जब भयो भेट...

४० वर्षपछि चोरी गरिएका सन्तानसँग आमाको जब भयो भेट...

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुम्पिएका दुई दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् ।
यस्तो छ आज राति र दिउँसोको मौसम

यस्तो छ आज राति र दिउँसोको मौसम

३३ जना किन परे पक्राउ ?

३३ जना किन परे पक्राउ ?

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।
इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।