नेभिगेशन
समाज

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको थापाले बताएका छन् ।

Marvel
Extreme Energy

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेको गाडीमा सवार १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ भने अन्यको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेपछि सर्लाहीसहित विभिन्न क्षेत्रमा शोक छाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल...
बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
जेलमुक्त भए टोपबहादुर रायमाझी

जेलमुक्त भए टोपबहादुर रायमाझी

गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका,  छठ मनाउन हिँडेका थिए

गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, छठ मनाउन हिँडेका थिए

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित एउटै गाउँ फर्किंदै गरेका यात्रु सवार इभी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।...