नेभिगेशन
समाज

गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

बागलुङ । गाउँका घरहरूमा बिस्तारै ताल्चा लाग्दै छन्। खेतबारी बाँझिँदै छन्। हिजोसम्म भरिभराउ हुने आँगनमा सेतै केश फुलेका वयोवृद्ध मात्रै भेटिन्छन्। छिमेकीहरू एकपछि अर्को गर्दै सहर र विदेश पसिरहेका छन्। गाउँ छाड्नेको लर्को चलिरहेका बेला बागलुङको जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै भविष्य खोजिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई वर्ष साउदी अरबमा पसिना बगाएर फर्किएका उनले गाउँका खाली जग्गामा किवी खेती थालेका छन्। अरूले छाड्दै गएको माटोमा उनले सम्भावना रोपेका छन्। अहिले त्यही माटोमा किवीका लहराले फल धान्न थालेका छन्।

Marvel
Extreme Energy

सुरुमा शर्माले गाउँमा सामूहिक अलैँची खेती गर्ने योजना बनाए। तर, सोचेजस्तो उत्पादन भएन। स्थानीय हावापानीले साथ नदिएपछि उनले खेतीको विकल्प खोजे। त्यसपछि किवी खेतीतर्फ लागे।

‘गाउँघरमै धेरै सम्भावना छन्। म पनि दुई वर्ष विदेशमा गएर दुःख गरेँ,’ उनले सुनाए, ‘अहिले गाउँमै फर्केर केही गरौँ भन्ने सोचले काम गरिरहेको छु। सुरुमा अलैँची खेती गरेका थियौँ, तर यहाँको हावापानीसँग मेल खान सकेन।’

दमेक गाउँको बीच भागमा रहेको उनको किवी फार्म अहिले हरियाली छ। लहरामा झुन्डिएका किवीका फलले मेहनतको प्रतिफल देखाउन थालेका छन्। पाँच रोपनीबाट सुरु गरेको खेती उनले विस्तार गरेर २५ रोपनीमा पुर्‍याएका छन्।

खेती विस्तारसँगै उनको लगानी पनि बढेको छ। सुरुमा बिरुवा, टनेल र फलामका पोल किन्न पाँच लाख रुपैयाँ खर्च गरेका शर्माले अहिलेसम्म करिब २० लाख रुपैयाँ लगानी गरिसकेका छन्। गण्डकी प्रदेश सरकारले पनि उनलाई १० लाख रुपैयाँ अनुदान दिएको छ।

गत वर्ष चार लाख रुपैयाँको किवी बिक्री गरेका उनले यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानी बढ्ने अपेक्षा गरेका छन्। तर, उत्पादन बढ्दैमा किसानको आम्दानी पनि बढ्छ भन्ने छैन। बजारमा बिचौलिया र मूल्यको समस्या उनका लागि चुनौती बनेको छ।

‘किवी राम्रो उत्पादन भएको छ, तर उचित मूल्य पाउन सकिएको छैन,’ उनले भने, ‘अहिले प्रतिकिलो दुई सय रुपैयाँमा दिनुपर्ने बाध्यता छ। बजारमा यही किवी चारदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ।’

उत्पादन गर्ने किसानले कम मूल्य पाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्थाले उनलाई पनि निराश बनाउँछ। बजारको उचित व्यवस्था हुन सके खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ।

किवीसँगै उनले पछिल्लो समय गाउँका केही जग्गामा सुन्तला खेती पनि सुरु गरेका छन्। एउटा बालीमा मात्रै निर्भर नभई खेतीलाई विविधीकरण गर्ने उनको योजना छ।

गाउँमा खेतबारी बाँझिँदै गएको र युवा जनशक्ति पलायन भइरहेको दृश्य शर्माले पनि देखेका छन्। विदेशमा श्रम बेचेर फर्किएका उनी अहिले आफ्नै माटोमा पसिना बगाइरहेका छन्। उनका लागि किवी खेती केवल आम्दानीको माध्यम मात्र होइन, गाउँमै बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वासको अभ्याससमेत हो।

‘युवाले गाउँमै लगानी गरेर उद्यम गर्न सके विदेशमा गर्ने जति कमाइ यहीँ पनि गर्न सकिन्छ,’ शर्मा भन्छन्।

गाउँ छाड्नेहरूको संख्या बढिरहेका बेला मातृकाले भने बाँझिँदै गएको जमिनमा हरियाली फर्काउने प्रयास गरिरहेका छन्। उनका किवीका लहरामा फल मात्रै झुन्डिएका छैनन्, गाउँमै केही गर्न सकिन्छ भन्ने आशा पनि झुण्डिएको छ। तर, त्यो आशालाई दिगो बनाउन किसानको मेहनतसँगै उत्पादनको उचित मूल्य, बजारको पहुँच र राज्यको भरपर्दो साथ पनि उत्तिकै आवश्यक छ।

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(1)-1794468183.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(4)-1794468182.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(3)-1794468182.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(2)-1794468180.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(6)-1794468181.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(9)-1794468179.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(7)-1794468179.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(10)-1794468178.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(8)-1794468178.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(11)-1794468177.JPG

Kiwi-Kheti-Baglung-Matrika-Prasad-Sharma_NPL_Dammar-Budha-Magar-(12)-1794468177.JPG

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई  राहत दिन गरे माग

भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन गरे माग

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकको मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्।
ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल...
भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

बनेपामा दुई यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।