नेभिगेशन
समाज

बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते (विवरणसहित)

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा दुई बस एकापसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

Marvel
Extreme Energy

दुर्घटनामा घाइते भएका २५ जनामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

शीर मेमोरियल अस्पतालमा उपचाररत २१ जनामध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य छ। मध्यम अवस्थाका घाइतेमा मनिष पहरी, उर्मिला महत, देवकी निरौला, कल्पना खत्री, अभिनाश खड्का र असिम पन्त रहेका छन्।

त्यस्तै, धुलिखेल अस्पतालमा उपचाररत चारै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूमा सबिना खड्का, सानिया खड्गी, रोहन आचार्य र सुनिता थपौलिया छन्।

घाइतेहरू काभ्रे, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, दोलखा र काठमाडौँका बासिन्दा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बालबालिका तथा किशोरकिशोरीसमेत छन्।

दुर्घटनापछि प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र

काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र

लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ मनाउन काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।
पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ।
भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

भीमफेदी दुर्घटनामा एउटै टोलका पाँच परिवारले सदस्य गुमाए, पीडितको अभिभावकत्व लिन रास्वपाको आग्रह

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एउटै टोलका पाँच परिवारका सदस्यले ज्यान गुमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग आग्रह गरेको छ।
सन्दीपको उत्कृष्ट बलिङ : ह्याट्रिकसहित लिए ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

सन्दीपको उत्कृष्ट बलिङ : ह्याट्रिकसहित लिए ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ विकेट लिँदै प्रतियोगिताकै उत्कृष्ट बलिङ कीर्तिमान बनाएका हुन्।