नेभिगेशन
समाज

डिजिटल सुशासनमा नेपाल–इस्टोनिया सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण, विद्युतीय शासन प्रणाली र साइबर सुरक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा भएको भेटवार्तामा यस्तो छलफल भएको हो।

Marvel
Extreme Energy

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा भएको भेटमा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे कुराकानी भएको थियो।

भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै त्यसबाट नेपालले महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी र नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेका प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो।

डिजिटल शासन प्रणालीमा अग्रणी मानिने इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर र अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ। सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने मन्त्री तिमिल्सिनाले बताए।

उनले दुई देशबीच डिजिटल सार्वजनिक पूर्वाधार, सरकारी सेवा प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए।

भेटवार्तामा मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल विभाजनको चुनौती थप जटिल बन्दै गएको विषय पनि उठाए। परम्परागत रूपमा डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, उन्नत डिजिटल पूर्वाधार र नयाँ प्रविधि प्रयोग गर्ने क्षमताका आधारमा समेत देशहरूबीच नयाँ प्रकारको असमानता सिर्जना हुन सक्ने उनले बताए।

विकसित मुलुकले डिजिटल प्रविधिमा हासिल गरेको ज्ञान, अनुभव र स्रोतबाट विकासोन्मुख तथा अल्पविकसित मुलुकले पनि लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। यसका लागि इस्टोनियाजस्ता डिजिटल क्षेत्रमा अग्रणी मुलुकले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत डिजिटल विभाजन न्यूनीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने उनको धारणा थियो।

जवाफमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरिन्। इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने उनले बताइन्।

नेपाल र इस्टोनियाबीच यस क्षेत्रमा सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउन, सरकारी प्रक्रियामा पारदर्शिता कायम गर्न, प्रशासनिक लागत र समय घटाउन तथा नागरिकको सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी ग्रामीण क्षेत्र, दुर्गम समुदाय र प्रविधिमा कम पहुँच भएका नागरिकलाई डिजिटल सेवाको मूलप्रवाहमा समेट्ने नेपालको प्रयासमा इस्टोनियाको अनुभव उपयोगी हुन सक्ने विश्वास व्यक्त गरिएको छ।

भेटवार्ताले नेपाल र इस्टोनियाबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई डिजिटल रूपान्तरण र प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ।
पहिरो पन्छाएपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिरो पन्छाएपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिरोका कारण अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले रूपन्देहीबाट थप तीन युवतीलाई पक्राउ गरेको छ।
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र क्षतिपूर्तिको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।