नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

सरकारले भूकम्प पीडितलाई राहत दिन सकिनौँ भनेर हात उठाओस्, रास्वपा तयार छ : रवि लामिछाने (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडितलाई राहत दिन बिलम्ब नगर्न नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

शुक्रबार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले जाजरकोटका भूकम्प पिडितको अवस्था दयनिय रहेको र सरकारले उनीहरुलाई राहत दिन नसकेको बताउँदै बरु सरकारले सक्दैनौँ भनेर हात उठाए पीडितलाई राहत उपलब्ध गराउन रास्वपा सक्षम रहेको बताएका छन् । 

त्यस्तै उनले राहत वितरण कार्यमा समन्वय नभएका कारण नागरिक आकास मुनी चिसोमा सुत्न बाध्य भएको बताउका छन्  । ‘भूकम्प पिडितको अवस्था अत्यन्त दुःख लाग्दो छ’, उनले भने,‘पार्टीको तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौं । अझै पनि सरकारले सकेन भने भनोस रास्वपा सक्छ । ’

त्यस्तै उनले पार्टीले विपत व्यवस्थापनमा अनुभवी टोलीलाई भूकम्प प्रभावित जिल्लामा खटाएको समेत जानकारी गराए । त्यस्तै उनले सरकारले उद्धारको काममा समन्वय गरेको भएपनि राहत वितरण कार्य प्रभावकारी बनाउन नसकेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...