नेभिगेशन
सबै कुरा

टिकटकबाट सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र बनाउने हो, बन्द नै गर्ने होइनः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्रको विकास गर्नुपर्ने तर बन्द नै समाधान नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिलेको बन्दसँगै टिकटकलाई नियमन गर्नलाई दह्रो आधार बनोस् भन्ने कामना गरेका छन् । साथै  मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्, बालेनले लेखेका छन् । 

Ncell
Extreme Energy

‘यदि तपाईंहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरूपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला। केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्। जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन्। हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटकपटक अनुरोध गर्‍यौं।  नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौं। नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौं। सबैले प्रयास गर्दा पनि टिकटकले  यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने  कुरामा ध्यान नदिएको अवस्था थियो,’ उनले स्मरण गरेका छन्।

उनले आफ्नो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा  शुभचिन्तकहरूले दुःख पाएको अवस्था रहेको बताए।

‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन। यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवद्र्धन गर्ने थलो भएको भएको छ। साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूूलो प्याटफर्म भएको । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ,’ उनले भनेका छन् । 

मेयर बालेन शाहले नेपाल सरकारलाई टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्न अनुरोध गरेका छन् ।

‘अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत्सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो। अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै