नेभिगेशन
मुख्य समाचार

गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । 

बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् । भने चीनबाट सात हजार ५३३ अर्थात् ८।५, अमेरिकाबाट  ६ हजार ६८ अर्थात् ६।८ प्रतिशत, श्रीलङ्काबाट पाँच लाख ९५६ अर्थात् ६।७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४।८ प्रतिशत पर्यटक भित्रिएका छन् । 

CG

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७।८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२।६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २।७ प्रतिशत पर्यटक भित्रिएका छन् । 

त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात ८।२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १।१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०।४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४।१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । 

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौ्ँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविबारे आफूले गत वर्षदेखि पटक पटक उठाउँदै आएको कुरा अदालतबाट भएको उल्लेख गर्दै उनले भनेका छन् ,‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त...
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न...
रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आइपीओ छेडखानी अनुसन्धान हुने

रिलायन्सको आईपीओको सन्दर्भमा उठेका प्रश्नबारे  छानबिन गर्न निर्देशन दिँदै बोर्डलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टङ्कप्रसाद पाण्डेयले सिधाकुरालाई बताए । ‘ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार...