नेभिगेशन
सबै कुरा

‘सबैमा शौचालयको पहुँच पुग्नुपर्छ’

उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उनले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताइन् ।

Ncell
Extreme Energy

उपसभामुख रानाले शौचालयको प्रयोग गर्न आफैँमा अनुशासन आवश्यक रहेको बताउँदै सुरक्षित शौचालयको प्रयोग गर्नका लागि सचेतना जरुरी रहेको बताइन् । 

त्यस्तै ‘स्मार्ट वास सोलुसन’का अध्यक्ष रामदीप साहले विश्वमा तीन अर्ब मानिस शौचालय प्रयोग गर्नबाट वञ्चित रहेको बताए । उनले असुरक्षित शौचालयको प्रयोगबाट विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्य समेत प्रस्तुत गरे । 

नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको उनले बताए। त्यस्तै उनले सार्वजनिक शौचालयको प्रवर्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश साहले नेपालको अस्पताल र विद्यालयको शौचालय सबैभन्दा फोहर रहेको बताए । उनले एक जनालाई उपचार गर्न अस्पताल लैजाँदा शौचालयका कारण बिरामी कुरुवा पनि रोगी भएर फर्किनुपर्ने अवस्था रहेको बताए । पानीको सरसफाइ, स्वच्छताबारे सबै निकायले काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

वाटर यड नेपालका प्रतिनिधि तृप्ती राईले सार्वजनिक शौचालय सुधारमा विस्तारै परिवर्तन आइरहेको बताइन् । उनले शौचालयको प्रयोगबारे प्रभावकारी नीति निर्माण गर्न आवश्यक रहेको बताइन् । शौचालय बनाउँदा लैङ्गिक समानतालाई ध्यान दिएर बनाउनुपर्नेमा उनको जोड छ। नेभेम्बर १३ देखि १९ सम्म विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘परिवर्तनका लागि तीव्रता’ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै