नेभिगेशन
सबै कुरा

छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीयतह सक्रिय

तराई÷मधेसको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् ।  समाजमा चोरी र आपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटको बङ्कुल बजारस्थित दुई मोबाइल पसमा गएराति रु २० लाखभन्दा बढी सामानको चोरी भएको छ । भारतको घोडासहान सीमानासँग जोडिएको उक्त बजारमा बिहारमा जाँड रक्सी निषेध गरिएकाले मदिरा सेवनका लागिसमेत भारतबाट मानिस आउनेजाने गर्दछन् । खुला सीमानाका कारण चोरी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्दै आएको छ । यस क्षेत्रमा खटाइएका प्रहरी जनशक्ति र उनीहरूका लागि स्रोतसाधन अपर्याप्त रहेको सुरक्षाकर्मीहरू बताउँछन् ।

बौधीमाई नगरपालिका–७, बङ्कुल बजारस्थितको प्रहरी चौकी नजिक एनके मोबाइल इलेक्ट्रोनिक्समा करिब रु २० लाख र गयरे रिपेरिङ सेन्टरमा रु तीन लाख बराबरको सामान चोरी भएको छ ।

मोबाइल इलेक्ट्रोनिक्सका सञ्चालक स्थानीय अवधकुमार कुशवाहाले राति पसलको छत फुटाएर ल्यापटप, प्रिन्टर, स्मार्ट मोबाइललगायत सामान चोरी भएको बताउँदै घटनाबारे आज बिहान प्रहरीलाई खबर गरिएको बताए। कुशवाहाले प्रहरीहरू सीमा क्षेत्रतिर बढी व्यस्त रहने भएकाले बजारमा असुरक्षा बढेको गुनासो गर्दै चोरी गर्नेहरूको खोजीमा तीव्रता दिन आग्रह गरिएको बताए।

परोहा नगरपालिका–७, नरकटिया निवासी जयप्रकाश यादव सञ्चालक रहेको गयरे रिपेरिङ सेन्टरबाट काउन्टरबाट नगद रु ७० हजार र सामानसमेत गरी रु तीन लाख बराबरको चोरी भएको सञ्चालक यादवले बताए ।उनले घटनाबारे बिहान दुईपटक खबर गरेर आफैँ बाइकमा लिन गएपछि प्रहरी घटनास्थलमा आएको गुनासो गरे । उक्त सेन्टरमा कोभिडका समयमा पनि चोरी भएको थियो ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र चाडबाडका समयमा हुन सक्ने चोरी र अपराधका घटना नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित प्रहरी इलाकालाई निर्देशन दिइएको बताए । उनले घटनाबारे अनुसन्धानको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानसम्बन्धी टोली खटाइएको र यस्ता घटना दोहोरिन नदिन सचेत गराइनाका साथै अपराध कार्यमा संलग्नलाई पत्ता लगाई कानुनी कारबाही गरिने विश्वास दिलाए।

बौधीमाई नगरपालिका–७  पूर्ववडाध्यक्ष विजय कुशवाहले बजारमा असुरक्षा हुँदा सुरक्षा निकायले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरे । नेपाली कांग्रेसका स्थानीय नेता राजनबाबु जैसवालले चाडपर्वका समयमा चोरी र अपराधका घटना वृद्धि भइरहेकाले शान्तिसुरक्षाका लागि प्रहरीले थप चनाखो हुनुपर्नेमा जोड दिए ।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुकार यादवले प्रहरी चौकी नजिकैको पसलमा छानामाथि पसेर चोरी हुनुलाई गम्भीररुपमा लिइएको बताउँदै प्रहरीले जसरी पनि दोषीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने बताए । “समाजमा शान्तिसुरक्षा फितलो भएको छ । आफ्नो रोजीरोटीका लागि काम गरेर खानुपर्ने व्यवसायीको यसरी पर्वका अवसरमा चोरी हुनु दुःखद् छ । घटनाबारे शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन नगरपालिकाका तर्फबाट सक्दो सहयोग हुनेछ ।”

गत साता जिल्लाको चपुरस्थित सोनेलाल चौधरीको घरमा करिब डेड लाख नगद, १४ तोला सुन र ५४ तोला चाँदीलगायत सामान चोरी भएको थियो । लुटेराले चौधरीका श्रीमती र छोरीलाई आक्रमण गरी घाइते बनाएका थिए । प्रहरी प्रमुख श्रेष्ठले उक्त घटनामा संलग्न भएको आरोपमा दुई जनालाई महोत्तरीका पक्राउ गरिएको र त्यहाँको अनुसन्धान प्रक्रिया सकिएपछि रौतहट ल्याई अदालतमा मुद्दा चलाइने बताए ।

रौतहट, बारा, र पर्साबाट नजिक पर्ने छिमेकी भारतको घोडासाहन, चैनपुर, वर्गिनिया, छौडादानु, आदापुर र रक्सौल सीमानासँग जोडिएका क्षेत्रमा शान्तिसुरक्षा स्थापनाका लागि सशस्त्र प्रहरी खटिएको छ ।

यही मङ्सिर ३ गते हुने छठ पर्वको तयारी लागि यहाँका स्थानीय छठघाटहरूमा व्यवस्थापन गर्न व्यस्त रहेका छन् । बौधीमाई नगरपालिका–९ का अध्यक्ष मुक्तिनारायण मिश्रका अनुसार छठीमाताको पूजाका लागि पोखरी र तलाउमा बेहुली जस्तै सजाउने कार्य भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनताकै घर दैलोमा दीपक बोहरा:पहिले मत माग्न,अहिले सेवा गर्न

जनताकै घर दैलोमा दीपक बोहरा:पहिले मत माग्न,अहिले सेवा गर्न

समस्या थियो, कञ्चनपुर बेदकोट नगरपालिका ४ वैतडा एक बालकको । हिमोफेलिया, रोगबाट ग्रसित ती बालकलाई नियमित औषधि उपचार चाहिन्थ्यो । तर, ती बालक त्यसबाट बञ्चित थिए । यही...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल...
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

उनीहरुबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई पनि दिएको...
रास्वपा सांसदहरुलाई सभापति रवि लामिछानेको निर्देशन (भिडियो पूर्णपाठ)

रास्वपा सांसदहरुलाई सभापति रवि लामिछानेको निर्देशन (भिडियो पूर्णपाठ)

‘भोट माग्न जाँदा बाबु यो देश बचाउ भनेका छन्, यो गम्भीर कुरा हो । यसलाई बुझ्नुपर्छ । यो जिम्मेवारी पूरा गर्नुपर्छ । आशा र अपेक्षाको दियो बल्न थालेको...

भर्खरै