नेभिगेशन
समाज

सुरक्षाका कारण आगजनी नियन्त्रणमा लिन समयमै दमकल निकाल्न सकिएनः काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका भएका आगजनी नियन्त्रणका लागि सुरक्षाका कारण समयमा नै दमकल निकाल्न नसकिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनका भएका आगजनी नियन्त्रणमा काठमाडौं महानगरको दमकल समयमा नै परिचालन नभएको आरोप लागेपछि काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार पत्रकार सम्मेलन गर्दै आगजनीको खबर आएलगतै दमकल निकाल्न प्रयास गरेपनि न्युरोड क्षेत्रमा नै प्रदर्शन भएकाले सुरक्षाका कारण निकाल्न नसकिएको बताएका हुन ।

Ncell
Extreme Energy

सेनासंग समन्वय गर्दा पनि तत्काल दमकल निकाल्न सम्भव नदेखिएको उनले बताए । पाण्डेले दमकल परिचालन गर्न मेयरको सचिवालयबाट पटक पटक निर्देशन आएको समेत दावी गरे । भाद्र २४ गते राती सवा ८ बजे दुई वटा दमकल सिंहदरबारमा पुगेर आगो निभाएको र सेना सुरक्षामा खटिएपछि राती १० बजेपछि महत्वपूर्ण स्थानमा दमकल परिचालन गरिएको उनले जानकारी दिए ।

पाण्डेले सर्वोच्च, भाटभटेनी, सिंहदरबार, हिल्टन होटल लगाएतका स्थानमा महानगरले दमकल परिचालन गरिएको उल्लेख गर्दै समयमा नै दमकल परिचालन नगरेको भन्ने आरोपमा सत्यता नरहेको बताए । उनले तत्काल विरामीको उपचारका कमिकमजोरी हुन नदिन रगत संकलनका लागि समेत परिचालन भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...