नेभिगेशन
मुख्य समाचार

सुरक्षाका कारण आगजनी नियन्त्रणमा लिन समयमै दमकल निकाल्न सकिएनः काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका भएका आगजनी नियन्त्रणका लागि सुरक्षाका कारण समयमा नै दमकल निकाल्न नसकिएको जनाएको छ ।

आन्दोलनका भएका आगजनी नियन्त्रणमा काठमाडौं महानगरको दमकल समयमा नै परिचालन नभएको आरोप लागेपछि काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार पत्रकार सम्मेलन गर्दै आगजनीको खबर आएलगतै दमकल निकाल्न प्रयास गरेपनि न्युरोड क्षेत्रमा नै प्रदर्शन भएकाले सुरक्षाका कारण निकाल्न नसकिएको बताएका हुन ।

सेनासंग समन्वय गर्दा पनि तत्काल दमकल निकाल्न सम्भव नदेखिएको उनले बताए । पाण्डेले दमकल परिचालन गर्न मेयरको सचिवालयबाट पटक पटक निर्देशन आएको समेत दावी गरे । भाद्र २४ गते राती सवा ८ बजे दुई वटा दमकल सिंहदरबारमा पुगेर आगो निभाएको र सेना सुरक्षामा खटिएपछि राती १० बजेपछि महत्वपूर्ण स्थानमा दमकल परिचालन गरिएको उनले जानकारी दिए ।

पाण्डेले सर्वोच्च, भाटभटेनी, सिंहदरबार, हिल्टन होटल लगाएतका स्थानमा महानगरले दमकल परिचालन गरिएको उल्लेख गर्दै समयमा नै दमकल परिचालन नगरेको भन्ने आरोपमा सत्यता नरहेको बताए । उनले तत्काल विरामीको उपचारका कमिकमजोरी हुन नदिन रगत संकलनका लागि समेत परिचालन भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...