नेभिगेशन
मुख्य समाचार

आन्दोलनका क्रममा ध्वस्त भएको संसद भवनको निरिक्षणमा सभामुख देवराज घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका छन् ।

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको पनि निरिक्षण गरेका हुन  निरिक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए ।

यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सवैको दायित्व भएको उनले बताए । सभामुख घिमिरेले संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए । उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सवै समस्याको समाधान गर्नेगरि अघि बढनुपर्ने सुझाव दिएका छन् ।

अहिले मुलुकमा गम्भीर परिस्थीति सिर्जना भएकाले यसको समिक्षा जरुरी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी हुदा पूर्णरुपमा जलेको छ । सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद भवनबाट बैठक सञ्चालन हुने गरि तयारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...